प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

खोलाले बगाउँदा किशोरीको मृत्यु

By खबरहब

August 01, 2022

घोराही- दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये घोराही उपमहानगरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिका बंगलाचुली मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।