देश/प्रदेश

साढे ८ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

By खबरहब

September 01, 2022

चितवन- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत  पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरू सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।