अन्तर्राष्ट्रिय

फिलिपिन्समा कोभिड-१९ बाट एकैदिन ५० जनाको मृत्यु

By खबरहब

September 01, 2022

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा थप ३ हजर ७६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ सङ्क्रमितको कुल संख्या ३८ लाख ८३ हजार ९५७ पुगेको छ ।

फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २५९ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या ६१ हजार ८६४ पुगेको छ ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।