तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चिनियाँ मूलका क्यानेडियन धनाढ्यलाई चीनमा १३ वर्षको जेल सजाय

By खबरहब

September 01, 2022

काठमाडौँ- चीनको साङ्घाई सहरमा रहेको उच्च अदालतले चिनियाँ मूलका एकजना क्यानेडियन धनाढ्यलाई १३ वर्षको जेलसजाय सुनाएको छ ।

साङ्घाईको प्रथम उच्च अदालतले चिनियाँ मूलका क्यानेडियन धनाढ्य सियाओ जियानहुवालाई १३ वर्षको सजाय सुनाएको हो ।

यसबाहेक उनको स्वामित्वमा रहेको टुमरो होल्डिङ कम्पनीमाथि पनि ४४ अर्ब युआन अर्थात् ९ अर्ब अमेरिकी डलरको जरिवाना तिराएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

५ वर्षअघि उनी हङकङबाट बेपत्ता भएसँगै त्यहाँका धनाढ्य वर्गमा खैलाबैला मच्चिएको थियो ।

अदालतले उनी र उनको कम्पनीले ‘मुलुकको वित्तीय व्यवस्थाको गम्भीर उल्लङ्घन गरेको’ एवम् ‘राज्यको वित्तीय सुरक्षामा हानी पु¥याएको’ ठहर गरेको छ ।

हङकङबाट बेपत्ता भएको ५ वर्षभन्दा लामो समयपछि चीनले उनीमाथिको अदालती कारवाही थालेको हो ।