तस्वीर– स्काइ न्यूज

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग

By खबरहब

September 01, 2022

काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा रहेको एक सञ्चारसम्बन्धी गैरसरकारी संस्थाले अफगानिस्तानमा तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी पत्रकार एवम् अफगान उत्पादकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अफगानिस्तानको राजधानी काबुलबाट तालिबानले बन्धक बनाएका अमेरिकी स्वतन्त्र पत्रकार इभोर शेरर र अफगान उत्पादक फैजुल्लाह फैजबक्शलाई रिहा गर्न माग गरेको हो ।

साथै सीपीजेले पत्रकारहरुलाई बन्धक बनाउने गतिविधिलाई पनि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेको छ ।

उनीहरुलाई गत अगष्ट १७ मा तालिबानले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो ।

त्यसबेला उनीहरु अमेरिकी कारवाहीमा आतंकवादी संगठन अल कायदाका नेता आयमन अल जवाहिरी मारिएको विषयमा समाचार संकलन गरिरहेको बताइएको छ ।