सांकेतिक तस्वीर

समाचार

विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै

By खबरहब

September 01, 2022

विराटनगर – मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो।

व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

भदौ ८ गतेदेखि १६ गतेसम्म आरिडिटी प्रविधिबाट १९ जनामा रगतको सेरोलोजी परीक्षण गर्दा विराटनगरकै दुई जनामा डेंगु पोजिटिभ देखिएको हो।