फाइल फोटो

आर्थिक

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

By खबरहब

September 01, 2022

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । बिहीबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ ।