खेलकुद

बायर्नको सानदार जित

By खबरहब

October 01, 2022

काठमाडौं – बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६ औं स्थानमा छ ।