फोटो फिचर

बोल्ड एण्ड ब्युटी अद्धितीको बाबरी [फोटोफिचर]

By कुबेर डंगोल

October 01, 2022

काठमाडौँ : बोल्ड फोटोसूट गराएरै मोडलिङ दूनियाँमा प्रवेश गरेकी मोडल तथा नायिका अद्धिती बुढाथोकीको नयाँ फिल्म ‘बाबरी’ रिलिज भएको छ । शुक्रबारदेखि रिलिज भएको फिल्म लभस्टोरीमा आधारित छ । तर यो फिल्मको प्रचार बोल्ड एण्ड ब्युटी मोडल तथा नायिका अद्धिथीको वरिपरी छ ।

अद्धितीसँगै धीरज मगर र धीरज नाडकर फिल्मका मुख्य पात्र हुन् । तर बाबरीसँगको फिचरमा भने अद्धिती नै केन्द्रीय पात्र मानिन्छिन् । एउटा म्यागजिनको आवरण फोटोसूटबाट ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अद्धितीले भारतीय मोडलिङ क्षेत्रबाट आफूलाई बोल्ड देखाउन सफल भइन् ।

त्यसपछि उनले केही विज्ञापन खेलिन् । केही म्युजिक भिडियोबाट थप चर्चा पाइन् । त्यसबाट बढेको उनको चर्चा ‘कृ’पछि झनै उचाईमा पुग्यो । अनमोल केसीसँग रोमान्स गरेपछि उनको चर्चा बढेको हो ।

नेपाल र भारतमा बराबरी म्युजिक क्षेत्रमा सक्रिय रहने अद्धिती नेपालमा भने हट एण्ड बोल्ड मोडलका रुपमा पनि परिचित छिन् ।