फाइल तस्बिर

देश/प्रदेश

दशैँ विदामा काठमाडौँ महानगरद्वारा डेङ्गुपीडितलाई विशेष व्यवस्था

By खबरहब

October 01, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेङ्गुपीडितलाई दशैं विदामा विशेष व्यवस्था गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै दशैं विदाका लागि विशेष व्यवस्था गरिएको जनाएका हुन् । महानगरपालिकाले दशैका लागि ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

मेयर शाहक अनुसार नजिकैको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जिवनजल प्राप्त गर्न सकिनेछ ।

यस्तै, महानगरले २४ घण्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था समेत मिलाएको छ । यसका लागि ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सकिनेछ भने १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत प्राप्त गर्न सकिनेछ ।