खेलकुद

टोटेनहमविरुद्ध आर्सनलको सानदार जित

By खबरहब

October 01, 2022

काठमाडौ – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको टोटेनहम हटस्परमाथि ३–१ को सानदार जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट झाँकाले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ८ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ ।