अन्तर्राष्ट्रिय

बुर्किना फासोमा सैन्य ‘कू’, ईयूद्वारा निन्दा

By खबरहब

October 01, 2022

काठमाडौँ- युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन् यो ‘कू’ले केही महिनायता विशेष गरी इकोवासको क्षेत्रीय समूहको तर्फबाट गरिएको संक्रमणकालीन पर्यवेक्षण गर्ने प्रयासलाई खतरामा पारेको छ ।”

समूहले अधिकारीहरूलाई जुलाई ३ मा भएको सम्झौताको सम्मान गर्न र सन् २०२४ जुलाई १ भन्दा पछि बुर्किना फासोलाई संवैधानिक आदेशमा फर्कनका लागि आग्रह गरेको छ ।

सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसै बर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेतालाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।