सांकेतिक तस्बिर

अपराध

१४ वर्षीया बालिका बलात्कृत 

By खबरहब

November 01, 2022

भक्तपुर– भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।