समाचार

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

November 01, 2022

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित निको भएका छन् । 

हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।