राजनीति

एमालेको घोषणापत्र : नेपालको अर्थतन्त्रलाई विश्वकै उदीयमान अर्थतन्त्र बनाउने 

By खबरहब

November 01, 2022

काठमाडौं– नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ । 

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पुर्‍याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयमान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।