राजनीति

एमालेको घोषणापत्र : पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने 

By खबरहब

November 01, 2022

काठमाडौं– नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । 

उक्त घोषणापत्रमा आगामी ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने उल्लेख गरिएको छ । 

‘गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइनेछ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।