ब्रेकिङ स्टोरी

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

By खबरहब

November 01, 2022

काठमाडौं– तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो । 

कार्कीले निर्वाचन आयोगविरुद्ध हालेको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् ।

तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।