सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

By खबरहब

November 01, 2022

काठमाडौँ- दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ ।