फाइल फोटो

ब्रेकिङ स्टोरी

अर्याललाई उछिन्दै ६५४ मतले अघि लागे गुरुङ

By खबरहब

December 01, 2022

स्याङ्जा – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्दै गुरुङ अघि लागेका हुन्।

यसअघि अर्यालले सुरुवाती अग्रता बनाएकी थिइन् । अहिले कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्दा अर्यालले तीन हजार दुई सय ४७ मत पाएकी छन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले बताए ।

दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।