फाइल तस्वीर

राजनीति

बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने

By खबरहब

December 01, 2022

काठमाडौँ- बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । १० दिनदेखि रोकिएको मतगणना बिहीबार दिउँसो साढे ३ बजेबाट सुरु गर्ने निर्णय भएको हो ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले डाकेको सर्वदलीय बैठकमा साढे ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।

यसअघि बुधबार नै मतगणना गर्ने तयारी थालिएको थियो । यद्यपि नेकपा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा नआएपछि मतगणना अनिश्चित बनेको थियो ।