आर्थिक

नेप्से दोहोरो अंकले बढ्यो

By खबरहब

December 01, 2022

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ । बिहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१९६ कम्पनीहरुको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ८५ कम्पनीको ओरालो लागेको र पाँचवटा कम्पनी स्थिर रहेको छ ।