राजनीति

बाजुरामा मतगणना सुरू

By खबरहब

December 01, 2022

काठमाडौँ- बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ। बिहीबार बसेकाे सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरू गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो ।

बुधबार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मतगणना सुरु भएको थियो । बिहीबार भने दलहरुबीच सहमति भएपछि मतगणना सुरु गरिएको हो ।