समाचार

थप ५ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

December 01, 2022

काठमाडौँ- नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५३ हजार १ सय ५ पुगेको छ ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।