खेलकुद

विश्वकप फुटबल : पहिलो हाफमा मोरक्कोलाई अग्रता, क्रोएसिया र बेल्जियमको बराबरी

By खबरहब

December 01, 2022

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत अहिले समुह एफका खेलहरु भइरहेका छन् । जस अन्तरगत क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेलको पहिलो हाफ सकिँदा मोरक्कोले क्यानडाविरुद्ध २–१ को अग्रता बनाएको छ । २३ औं मिनेटमा युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता दोब्बर बनाएको थियो। तर खेलको ४० औं मिनेटमा आत्माघाती गोलमा क्यानडाले अग्रता २–१ मा झार्यो। आजको खेल जिते मोरक्को नकआउट चरणमा प्रवेश गर्ने छ ।

यही समूहको अर्को खेलमा क्रोएसिया र बेल्जियमले भने गोलरहित बराबरी खेलेका छन्। खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । नकआउट चरणका लागि आजको खेल बेल्जियमलाई जित्नै पर्ने दबाब छ। क्रोएसियालाई भने बराबरी भए पनि पुग्ने छ।