समाचार

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

By खबरहब

January 02, 2022

काठमाडौँ– भारतमा कोरोना संक्रमण दर बढेको छ ।

पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो । अहिले त्यो संख्या ह्वात्तै बढेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।