राजनीति

माओवादीमा सर्वसम्मत गर्न पनि सकस

By खबरहब

January 02, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ।

माओवादी महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेर रोक्दै सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि शीर्ष नेताहरुले गृहकार्य गरिरहेका छन् । माओवादीमा केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ ।

पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो । केन्द्रीय समिति र पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै लगाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भइरहेको छ ।

बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । पदाधिकारीको संख्याबारे विधानमा स्पष्ट छैन। पदाधिकारीको चुनाव कसरी गर्ने भन्ने विषयमा पनि अन्योल छ ।