राजनीति

निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

By खबरहब

January 02, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित भएको छ ।

निर्वाचनमा विष्णु पुकारलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ ।