राजनीति

एमाले सचिवलाय बैठकमा जिल्ला अधिवेशनबारे छलफल

By खबरहब

January 02, 2022

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालयको दोस्रो बैठक आइतबार बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आसन्न जिल्ला अधिवेशनको तयारीबारे छलफल भएको एमालेले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको छ ।

केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने गरी तयारी अघि बढेको एमालेले जनाएको छ ।