राजनीति

माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक भोलि ३ बजे

By खबरहब

January 02, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । भोलिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने जनाइएको छ।