PTI07-06-2020_000075B

अन्तर्राष्ट्रिय

कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण गम्भीर जोखिममा

By खबरहब

February 02, 2022

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले हजारौं टन कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण झनै जोखिममा रहेको चेतावनी दिएको छ।

कोभिड १९ को उपचारमा प्रयोग भएका सुई, खोपका सिसी, पीपीई, टेस्ट किट र मास्क आदिबाट थुप्रिएको फोहोरले जोखिम झनै थपेको डब्लूएचओले चेतावनी दिएको हो।

कोभिड १९ को समयमा प्रयोग भएका विभिन्न सामग्रीबाट संसारभर करिब ८० लाख टन प्लाष्टिकजन्य फोहोर निस्किएको एक अध्ययनले देखाएको थियो।

मास्क, पीपीईलगायत कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउन प्रयोग हुने सामग्रीले फोहोर जोखिममा थप चुनौती थपिएको हो।