औषधी/उपचार

रिगंटा लाग्दा यस्ता लक्षण देखिन्छन्

By खबरहब

February 02, 2022

शरीरलाई सन्तुलित राख्न आँखा, दिमाग, कान, खुट्टा र मेरुदण्डको नसाले एकसाथ काम गर्नु पर्दछ । यदि यी मध्ये हुनै एक अंगले काम गर्न छाडेमा रिगंटा लागेको महसुस हुन्छ । बारम्बार रिगंटा लागे वा लड्ने गरेको भए यो गम्भीर रोगको संकेत हुन सक्छ ।

रिंगटा लाग्दा देखिएका यस्ता संकेत गम्भीर हुन सक्छ

– अत्यधिक टाउको दुख्ने – छाती दुख्ने – टाउकोमा चोट – उच्च ज्वरो – मुटुको धड्कन बढ्ने – बेहोस हुने – सास फेर्न गाह्रो हुने – गला लाग्ने – हेर्न वा बोल्न समस्या हुने – बान्ता हुने – कमजोरी महसुस हुने

यदि रिंगटा लाग्दा माथिका कुनै पनि लक्षण थप देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिलेकाहीँ रिंगटा लाग्नु सामान्य हो । तर बारम्बार रिंगटा लाग्नु वा लड्ने गरी रिंगटा लागे अस्पताल जान ढिलो गर्नु हुँदैन । अस्पताल पुग्नु अघि चिसो पानीले अनुहार, हातखुट्टा धुने, बिरामीलाई खुल्ला हावामा राख्ने गर्नु पर्दछ ।