रोचक/विचित्र संसार

डेलिभरी म्यान पक्राउ परेपछि अर्डरको खाना पुर्‍याउन ग्राहककोमा प्रहरी

By खबरहब

February 02, 2022

संयुक्त राज्य अमेरिकाको दक्षिण डकोटामा एक रोचक घटना भएको छ । यहाँ प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै एक डेलिभरी म्यानलाई नियन्त्रणमा लियो । सो समय ती डेलिभरी म्यान अर्डरको खाना पुर्‍याउन जाँदै थिए । तर उनी ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परे । त्यसपछि प्रहरीले गरेको कार्य भने निकै रोचक छ ।

खासमा ती डेलिभरी म्यान खानाको अर्डर पुर्‍याउन जाने क्रममा ट्राफिक नियम उल्लंघन गरेपछि डकोटा प्रहरीको नियन्त्रणमा परे । उता ग्राहक अर्डरको खानाको प्रतिक्षामा थिए । तर डकोटा प्रहरीले ती डेलिभरी म्यानको अधुरो काम पुरा गरे ।

डकोटा प्रहरीका एक अधिकारीले आफ्नो जिम्मेवारीबाट हटेर व्यक्तिगत रूपमा अर्डरको खाना ग्राहकलाई पुर्‍याए । जब प्रहरी खाना लिएर ग्राहकसम्म पुगे तब ग्राहक पनि प्रहरीले खाना ल्याएको देखेर अचम्मित भए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस् 

 

“I’m sure he’s not really liking all the publicity right now but, I mean, cops like him deserve to be recognized,” Paige Martin, sister of the now viral Sioux Falls Police officer who finished a DoorDash delivery after the driver was arrested, said. https://t.co/O3fDIprDzR pic.twitter.com/60CIeaCSoq

— KELOLAND News (@keloland) January 27, 2022