राजनीति

४ जेठमा स्थानीय चुनावको मिति प्रस्तावपछि एमालेको सचिवालय बैठक

By खबरहब

February 02, 2022

काठमाडौँ – आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेको छ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत सो मितिमा सहमति जनाएपछि पार्टीको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।

एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।