राजनीति

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

By खबरहब

February 02, 2022

काठमाडौं– पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणसहित अन्य विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको हो ।

एमाले सचिवालयमा पदाधिकारी (१९ जना)सदस्य रहने व्यवस्था छ । बैठकमा स्थानीय तह निर्वाचनको रणनीतिसँगै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने एमालेले जनाएको छ ।