समाचार

काठमाडौँका अतिक्रमित स्थान खाली गराउन मन्त्री एक्सनमा

By खबरहब

February 02, 2022

काठमाडौँ– शहरी विकास मन्त्रालयले काठमाडौँका अतिक्रमित सडकपेटी खाली गराउने अभियान सुरु गरेको छ ।

बुधबार धोबीखोला क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा उत्रिएकी हुन् । मन्त्री झाँकीसहितको टोलीले अतिक्रमित सडकपेटी खाली गराएको छ ।

टोलीमा महानगरीय प्रहरी, काठमाडौँ नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सहभागी थिए । नियन्त्रणमा लिइएका सामान गुहेश्वरीमा रहेको खाली जग्गामा राखिने र सम्बन्धित व्यक्ति लिन आए एक पटकलाई फिर्ता दिने पनि मन्त्रालयले जनाएको छ ।

१५ दिनअघि नै मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनु परेको मन्त्रालयले जनाएको छ । धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् ।

अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।