सांकेतिक तस्बिर

समाचार

खोटाङमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु

By खबरहब

February 02, 2022

खोटाङ– खोटाङको रावाबेंसी–चिण्डेश्वरा सडकखण्डमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।

रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट चिण्डेश्वरातर्फ जाँदै गरेको ट्रयाक्टरले किचिएर स्थानीय मजदुर १३ वर्षीय रोशन विकको मृत्यु भएको हो ।

प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरमा सवार विक खस्दा सोही ट्रयाक्टरले किचिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । बालक सोही ट्रयाक्टरका लागि मजदुरी गर्दै आएका थिए ।

चालक रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।