देश/प्रदेश

थप १२ संक्रमितको मृत्यु

By खबरहब

February 02, 2022

काठमाडौँ– नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा नयाँ संक्रमण भेटिएका छन् भने ७ हजार ५५५ जना डिस्चार्ज भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ ।