अन्तर्राष्ट्रिय

निदाउन औषधि खानुभन्दा प्राकृतिक उपचार विधि ठीक

By मनोज घिमिरे

February 02, 2022

काठमाडौँ– तनाव, महत्त्वाकाङ्क्षा र अस्थिर मानिसिक अवस्थाको उपज हो की, अहिले मानिसका लागि निन्द्रा पनि समस्या बन्न थालेको छ । रातमा सहजै निन्द्रा नलाग्ने समस्या संसारमा नै बढी रहेको छ । निन्द्रा नलागेको कारण अहिले जताततै ‘ मेलाटोनीन’ सप्लिमेन्ट (निन्द्रामा प्रयोग गरिने औषधि) को प्रयोग बढ्दो छ ।

कुन देशमा यसरी राति मेलाटोनीन प्रयोग गरेर मात्र निदाउनेको सङ्ख्या बढी छ भनेर अध्ययन पनि भएका छन् । यसरी धेरै देशमा गरिएको अध्ययनमा अमेरिकामा तुलनात्मक रूपमा अन्य देशको भन्दा यसका प्रयोगकर्ता कम भएको पाइएको छ । यो तथ्याङ्क पूर्ण भने होइन । किनकि अध्ययन संसारमा धनी र समृद्ध देशहरूमा गरिएको हो । तथापि अमेरिकामा पनि यस्तो सप्लिमेन्टको ओभर डोज बढ्दो क्रममा छ ।

हवार्ड मेडिकल स्कुलमा स्लिप मेडिसिनको प्राध्यापक रेबेका रोबिन्सले अमेरिकाको बारे यो तथ्य बताएकी हुन् । एक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार २०१८ जना अमेरिकीहरूले एक दशक अगाडीको भन्दा डबल डोज यो औषधि प्रयोग गर्ने गरेका छन् । रोबिन्सले अहिले चलिरहेको महामारीको नकारात्मक असरको रूपमा धेरैको रातको निन्द्रामा नै समस्या पर्ने त होइन भन्ने चिन्ता व्यक्त गरेकी छन् । ‘निन्द्राको प्रत्यक्ष असर पागलपन र चाँडो मृत्यु हुने कुरासँग सम्बन्धित छ,’ उनले भनिन् ।

मेलाटोनीनको सम्बन्ध शरीरका अन्य धेरै विषयसँग सम्बन्धित छन् । टाउको दुख्ने, चक्कर आउने, वाकवाकी आउने, पेट दुख्ने र एकाग्रता नहुने तथा कुनै कुरामा निरन्तरता दिन मन नलाग्ने लगायत समस्या पनि शरीरमा यसै हार्मोनको कमीले हुन सक्छ । एन्जाइटी, निराशा तथा कम रक्तचापमा पनि यसको सम्बन्ध रहेको हुन्छ । यसले एलर्जी बढाउने समस्या पनि बढ्न सक्छ ।

अमेरिकाकै नेसनल इन्स्टिच्युट अफ हेल्थ अन्तरगतको नेसनल सेन्टर फर कम्प्लीमेन्टरी एन्ड इन्टरग्रटिभ हेल्थका अनुसार यदाकदा यसको प्रयोग सामान्य भए पनि निरन्तर र धेरै प्रयोगले मानिसलाई बिस्तारै गम्भीर असर तर्फ धकेल्न सक्छ ।

सन् २००६ यता वयस्कहरूको डोजमा एक दिनमा पाँच मिलिग्राम थपिने गरेको छ । यो डोज छोटो समयका लागि उपचारको रूपमा प्रयोग गर्ने हरूको हकमा हो । औषधि र अन्य खाद्य पदार्थ जस्तो यसलाई अमेरिकी नियामक संस्था खाद्य तथा औषधि प्रशासन (एफडीए)ले नियमन गरेको छैन । यस कारण यत्ति नै डोज हुनु पर्छ भन्ने पनि कतै यकिन भएको छैन ।

यसका बाबजुद अमेरिकामा केही समस्या भने नदेखिएको होइन । विज्ञापनमा भनिएको तथा लेबलमा उल्लेख गरिएको भन्दा बढी मेलाटोनीनको मात्रा औषधिको चक्कीमा हुने गरेको छ । रोबिन्सले गरेको अध्ययन अनुसार यसको लेबलमा भनिए भन्दा ७८ प्रतिशतदेखि ४७८ प्रतिसतसम्मको मेलाटोनीन ती चक्कीमा हुने गरेका छन् ।

उनले लेखेको पुस्तक‘स्लिप फरक सक्सेस, एभ्रीथीङ यु मस्ट नो एबाउट स्लिप वट आर टु टायर्ड टु आस्क’ मा निन्द्राको आवश्यकता, निन्द्रा नपुग्दाको असर लगायत निदाउनका लागि अवलम्बन गर्न सकिने अन्य थुप्रै उपायका बारे लेखेकी छन् ।

स्टोरमा राखिएको तथा अनलाइन मार्फत बेचिएका मेलाटोनीन युक्त चक्कीले मानिसलाई कत्ति हानी गरेको छ भन्ने अहिले त यकिन छैन । परन्तु, यसले भविष्यमा गम्भीर स्वास्थ्य सङ्कट निम्तिन सक्ने चेतावनी समेत दिइएको छ । यसअघि गरिएका एक अध्ययन अनुसार धेरै मेलाटोनीन सप्लिमेन्टमा २६ प्रतिशत सेरोटोनीन रहेको पाइएको थियो । यो पदार्थ कुनै न कनै रूपमा शरीरका लागि हानिकारक हुने गरेको छ ।

‘हामी मेलाटोनीन प्रयोग गर्ने सवालमा पूर्ण रूपमा शुद्ध हुन सकिरहेका छैनौ, ’ रोबिन्सले यसै कारण संसारमा धेरे व्यक्ति निन्द्राको गम्भीर समस्यामा पर्न सक्ने चेतावनी दिँदै भनेकी छिन् ।

सेरोटोनीनलाई एन्टीडिप्रेसेन्ट तथा माइग्रेन लगायत अन्य औषधि तर्फ मिसाएर धेरै सेवन गरिए औषधिको अर्को रियाक्सन भएर मानिसलाई तत्कालै ठुलो समस्या पनि निम्तिन सक्छ ।

यो जताततै किन्न पाइन्छ । धेरै विज्ञहरूकै अनुसार मानिसले यसलाई जडीबुटी सम्झेका कारण यसको विक्री यसरी बढेको हो । तर, वास्तवमा यो होइन । मेलाटोनीन मानिसको भित्रको गाँडबाट बनाइएको एउटा हार्मोन हो । मस्तिष्कको भित्री तहबाट बनाइएको यसले मानिसको नसामा पुगे पछि निदाउने कामलाई निरन्तरता दिन्छ ।

‘धेरैले यो प्राकृतिक भएकाले यसले कुनै हानी नगर्ने सोची रहेका छन्,’ रोबिन्सले भनिन् । पछिल्लो समय बच्चामा समेत यसको सेवन गर्ने आदत बस्न थालेको ले गम्भीर समस्या उत्पन्न हुने चिन्ता उनले व्यक्त गरेकी छन् । उनी भन्छिन्,‘तथ्य यो हो कि मेलाटोनीन लामो समय प्रयोग गर्नु वयस्क र बच्चा दुवैलाई घातक हुन सक्छ ।; अर्को अध्ययनले के पनि देखाएको छ भने सही तरिकाले सेवन गरे मात्र यसले सुत्ने कुरामा सहज गराउँछ । ओछ्यानमा जानुभन्दा दुई घण्टा भित्रमा सेवन गरे यसले निन्द्रालाई व्यवस्थित बनाउँछ । यसरी व्यवस्थित बनाए पनि यसका थुप्रै बेफाइदा त छदै छन् ।

वयस्कले सेवन गरेको पाँच या सात मिनेटमा असर देखिने गरेको छ । युनिभर्सिटी अफ वासिङ्टन अन्तरगत सिटल बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. कोरा कोलेट ब्रुनरले बाल बालीकाले यसको बानी बसालेमा घातक हुने बताउँछिन् ।

‘निन्द्रा लाग्न कसैलाई एक घण्टाको समय लाग्छ भने २० देखि ४० मिनेट दैनिक अभ्यास गर्ने गरेमा समस्याको समाधान हुन सक्छ । यसो गरेमा उनीहरूले कुनै चक्कीको सेवन गर्न आवश्यक हुँदैन,’ कोलेटले भने । उनकै विचारमा निन्द्रा लाग्ने जीवन यापन नै सबैभन्दा राम्रो उपाय हो । यसका बाबजुद चक्कीलाई प्राथमिकता दिनु नै अहिलेको सबैभन्दा ठुलो समस्या हो ।

निन्द्रा नलाग्नुको केही कारण बारे हामीले ध्यान सकेमा यसले जीवनलाई सहज बनाउँछ र चक्कीको बाटोमा लैजाँदैन । हरेक प्रकाशले हाम्रो शरीरमा निन्द्रा लगाउने तत्त्व उत्पादनमा कठिनाइ उत्पन्न गरेको हुन्छ । सूर्यको प्रकाश जस्तो प्राकृतिक प्रकाशले त निन्द्रालाई असर गर्दैन । तर, जत्ति कोठामा कृत्रिम प्रकाशको असर कोठामा हुन्छ, यसले हाम्रो निन्द्रालाई त्यत्ति नै असर गर्छ । हामीले प्रयोग गर्ने मोबाइल या ल्यापटप जस्ता डिभाइसबाट निस्कने प्रकाशले समेत हामीलाई प्रभाव पारेको हुन्छ ।

लेड स्पेकट्रोम प्रकाशको श्रोत भएका स्थानमा त निदाउन अझ बढी कठिनाइ हुन सक्छ ।

जोन हाप्कीन्स विश्व विद्यालयका मोल्मुनरी एन्ड क्रिटिकल केयर मेडिसिनका प्राध्यापक डा. भेसभोल्ड पोल्ड्सकी ओछ्यानमा जानु एक घण्टा अगाडि यस्ता प्रकाशका सबै श्रोत बन्द गर्नु पर्ने बताउँछन् । अध्ययन गर्ने सवालमा पनि पुस्तक नै पढ्ने तथा डिजिटल डिभाइसमा पढ्नु परे नाइट मोड राखेर मात्र पढ्नु उपयुक्त हुन्छ ।

उनका अनुसार डिजिटल प्रकाश र नाइट मोडमा राखेर गरिने प्रयोगले निन्द्रामा पार्ने असर फरक हुने गरेको छ । निदाउनका लागि कोठाको तापक्रम १५ देखि २९ डिग्री सेल्सियस उपयुक्त मानिएको छ ।

सुत्नु अगाडी मन तातोपानीको सावर, पुस्तक पढ्ने र मधुर सङ्गीत सुन्ने गरे यसले धेरै सहज बनाउँछ ।

गहिरो श्वासको अभ्यास तथा योगाले हाम्रो अनियन्त्रित निन्द्रालाई व्यवस्थित बनाउन सक्छ । हरेक दिन एउटै समयमा ओछ्यानमा जाने तथा एउटै समयमा उठ्ने बानी उपयुक्त ठहरिएको छ । कार्यालय बिदा छ भने पनि त्यस दिनमा पनि सुत्ने र उठ्ने रुटिन भने एकैनास हुन आवश्यक हुन्छ । किनकि हाम्रो शरीरले नै रुटिनको आवश्यकता महसुस गरेको हुन्छ ।

रोबिन्सकै अनुसार चिकित्सकले नै मेलाटोनीनको ट्याब्लेट प्रयोग गर्ने सल्लाह दिएमा यसलाई छोटो समयका लागि मात्र प्रयोग गर्नु पर्ने हुन्छ । लामो समयको लागि यो प्रयोग गर्नु घातक हुन सक्छ ।

हामीलाई निन्द्रा अति आवश्यक हो । तर, यसो भन्दैमा निदाउनकै लागि चक्कीको प्रयोग घातक हुन सक्छ । यस कारण निन्द्रा नलाग्ने समस्या भएमा प्राकृतिक रूपमै यसको समाधान गर्न सके यो सबैभन्दा उपयुक्त हुन सक्छ ।

-एजेन्सीहरूको सहयोगमा