समाचार

ग्याँस पसलबाट करिब तीन लाखको सामान चोरी

By खबरहब

February 02, 2022

जनकपुरधाम– जनकपुरधाममा रहेको एक पसलमा चोरी भएको छ ।

भानु चोकस्थित विजय जेनरल स्पलायर्समा चोरी भएको हो । करिब तीन लाख रुपैयाँको सामान चोरी भएको पीडित व्यवसायी रामस्वगारथ पण्डितले बताए । ग्याँस सिलिण्डर, चुल्होलगायतका सामान चोरी भएको उनले बताए ।

आज बिहान पसल खोल्दा सामान चोरी भएको आफूले थाहा पाएको पनि उनले बताए ।