फाइल फोटो

राजनीति

मधेस प्रदेशसभाअन्तर्गतका समितिहरूमा सभापतिको उम्मेदवारी आह्वान

By खबरहब

February 02, 2022

जनकपुरधाम– मधेस प्रदेशसभामा सभापतिविहीन रहेका संसदीय समितिका सभापतिहरू चयन गर्न चुनावी प्रक्रिया सुरु भएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिका सभापति चयन गर्न पक्रिया सुरु गरेको जनाएको हो ।

यी समितिहरू लामो समयदेखि सभापतिविहीन छन् । सचिवालयले विषयगत समितिका सभापतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

माघ २४ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन भनिएको छ ।