राजनीति

गठबन्धन टुट्न दिँदैनौँः शीर्ष नेताहरू

By खबरहब

February 02, 2022

काठमाडौँ– सत्तापक्षीय दलहरूबीच गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ ।

बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा यस्तो सहमति भएको हो ।

अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।

त्यस्तै, बैठकमा नेताहरूबीच एमसीसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने पनि सहमति भएको छ ।

त्यसैगरी, एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको नेकपा माओवादीका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।