अन्तर्राष्ट्रिय

कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु

By खबरहब

February 02, 2022

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

उच्च भाल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरूमाथि खसेको हो ।

कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तारको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको विज्ञप्तिमार्फत् भनेको छ ।