उदयपुरको कटारीमा बुद्ध पार्क सञ्चालनमा ल्याइयो

By खबरहब

February 02, 2022

उदयपुर- उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा बुद्ध पार्क सञ्चालनमा ल्याइएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर पार्कको उद्घाटन गरिएको हो । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगै पार्क बनाइएको छ ।

त्यसअवसरमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।