फाइल फोटो

अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी

By खबरहब

March 02, 2022

एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो।

रुसी चेतावनीमा किएभ ‘लक्षित हमला’ गर्ने भनिएको बीबीसीले जनाएको छ। समाचारहरुमा किएभतर्फ रुसी बख्तरबन्दका गाडीको लामो लस्कर लागेका तस्बिर सार्वजनिक भएका छन्।

रुसले लगातार आक्रामण गरिराखेको छ। मंगलबारसम्म युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भएका बमबारी र क्षेप्यास्त्र हमलालाई उसले युद्ध अपराध भनेको छ।

रुस युक्रेनबीच वार्ता भए पनि त्यो सकारात्मक हुन सकेको छैन। यी दुई देशको विवादले विश्व नै विभाजित हुने देखिएको छ।