आर्थिक

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

March 02, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?