मुख्य समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

By खबरहब

March 02, 2022

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची एक दिन अघि नै सार्वजनिक गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।