फाइल फोटो

राजनीति

प्रचण्डमाथि विजुक्छेको आरोप : ‘अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले एमसीसीमा सहमति’

By खबरहब

March 02, 2022

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको छ। विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् ।

‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले जिकिर गरे । भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए ।

जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ ।