औषधी/उपचार

बाथका रोगीले गर्नुपर्ने घरेलु उपचार

By खबरहब

March 02, 2022

– पारिजातको तीन-चारवटा पात पानीमा उमालेर दिनको एक पटक एक गिलास पिउनाले जोर्नी दुखेको जाती हुन्छ ।

– घोड्ताप्रेको रस आधादेखि एक गिलास पिउनाले अम्लको गहनता घटाउँछ ।

– काँचो आलुको दुई चम्चा रस खाना खानुभन्दा आधा घण्टा अगाडि खानाले पनि युरिक एसिड कम गर्छ । त्यस्तै आलु बोक्रासहित उसिनेर खाँदा पनि फाइदा पुग्छ ।

– लसुन २–४ केस्रा वा ज्वानो वा ज्वानोको वा तिनैथरी मिसाएर खाएमा पनि लाभदायक नै हुन्छ । त्यस्तै लसुनको केस्रा दूधमा खीरजस्तो पकाएर ४–५ हप्ता खाँदा वाथ रोगलाई निकै फाइदा हुन्छ । अनि सुनिएको, दुखेको ठाउँमा लसुनको तेल मालिस गर्नाले आराम मिल्छ ।

– ५–१० ग्राम मेथी महसित खाने वा अंकुरित मेथी खानाले पनि फाइदा हुन्छ ।

– दिनको १–२ वटा स्याउ खानु अति उत्तम प्रमाणित भएको छ । काँचो वा उसिनेर जे गरी खाए पनि स्याउले युरिक एसिड घटाउँछ ।

– बोसोयुक्त, प्रोटिन, कलेस्ट्रोल बढाउने खानेकुरा नखाने त्यसको सट्टामा रेसादार, फलफूल तथा खानेकुरा खाने ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट