फाइल फोटो

राजनीति

कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै

By खबरहब

March 02, 2022

काठमाडौँ – नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दैछ ।

बैठक आज (बुधबार) दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।