तस्बिर : एपी

अन्तर्राष्ट्रिय

रुसप्रति लक्षित गर्दै बाइडेनले भने, ‘तानासाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ’

By खबरहब

March 02, 2022

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुलाई कमजोर आँकेर युक्रेनमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् ।

अमेरिकी कँग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । पुटिन नियोजित रुपमा र अकारण युद्धमा होमिएको बाइडेनले बताए ।

पुटिनले बारम्बारका कूटनीतिक पहलको पनि बेवास्ता गरेको सम्बोधनका क्रममा बाइडेनले आरोप लगाएका छन् ।

उनले भने ‘उनलाई पश्चिमा मुलुक र नेटोले केही नगरी बस्छन् भन्ने लागेको थियो र हामीलाई फुटाउँला भन्ने पनि उनको चाल थियो ।’ ‘पुटिन गलत थिए, हामी तयार थियौँ ।’

उनले ‘तानासाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्ने’ विश्वासमा आफू अडिग रहेको समेत बताएका छन् ।